गृहपृष्ठ शीतको थोपा
शीतको थोपा
सुदूर वनपाखामा
शीतको थोपा थोपा पन्छाउँदै
बिहान फक्रनै हतार थियो तिमीलाई
त्यसै मौकामा
उडेको पहिलो कुमारी रंग पक्रनै
हतार थियो मलाई
सधैं यहीँ आएर साँझ खसिदिन्छ
र, आज पनि त्यही बोझिलो साँझ बोकिरहेछु
कसरी बताऊँ तिमीलाई
कसरी चिनाऊँ तिमीलाई
तिमीले सुस्तरी घुम्टो खोल्दा
अञ्जानमा तप्केको
शीतको पहिलो थोपा मै हुँ भनेर ।
प्रकाशित समय १०:५५ बजे

















