खहरे

tirtha-newskarobar

चोइटिएको माया

नझस्किदिए हुन्थ्यो ।

निष्ठुरीको घात

नरोइदिए हुन्थ्यो ।

 

यादहरु खहरे उर्ले

रात सुनसान झरेपछि

वातहरु बिस्कुन छरिए

तिमीले बाटो मोडेपछि ।

 

चोइटिएको माया

नझस्किदिए हुन्थ्यो ।

निष्ठुरीको घात

नरोइदिए हुन्थ्यो ।

 

वाचा सबै खरानी उडे

चोट मनमा लागेपछि

ढुंगा पनि पग्लिन्छ हेर !

मनको आँसु बगेपछि ।

 

चोइटिएको माया

नझस्किदिए हुन्थ्यो

निष्ठुरीको घात

नरोइदिए हुन्थ्यो ।

प्रकाशित समय १२:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु