गृहपृष्ठ मृत्यु एक सत्य
मृत्यु एक सत्य
एक जुनीमा
कति दिन हुन्छ
कसैलाई निश्चित उत्तरको
ज्ञात छैन पक्का तर
सबैलाई निसंकोच ज्ञात छ
मृत्यु एक पटक हुन्छ…
पक्षपात छैन
भेदभाव छैन
सामान व्यवहार गर्छ
आफ्नो लक्ष्यमा स्थिर रहन्छ
न रोकेर रोक्छ कसैको
न झुकाएर झुक्छ कसैमा
न नै भ्रष्टाचार गर्छ
न नै शिष्टाचार दिन्छ
ऊ … अटल रहन्छ
ऊ एउटा सत्य हो…
सबैलाई मिल्छ
कसैलाई पालो छुटाउँदैन
लुकाउँदैन कुनै आफन्तलाई पनि
न नै लुकाउँछ विद्वानलाई
न नै छुटाउँछ मुर्खलाई
यो त एउटा सत्य हो
जसलाई सबैले स्मरण गरेर पनि
चरण पर्नमा हिच्किचाउँछन्…
मृत्यु सबैको हो…
र कसैको मनमा रूची देखिँदैन
तर पनि …
न बुद्धलाई छोड्यो
न कृष्णलाई
न अल्लाहलाई छोड्यो
न नै जिजसलाई ।
ऊ सबैको निम्ति सत्य हो
सत्य सबैको निम्ति बरोबर हुन्छ
मृत्यु एक अमृत हो
मृत्यु एक सत्य हो
मृत्यु एक सत्य हो ।
प्रकाशित समय १२:०३ बजे

















