गृहपृष्ठ कविता : कोरोना युद्धका कृष्ण-अर्जुन
कविता : कोरोना युद्धका कृष्ण-अर्जुन
ज्यानलाई जोखिममा राखेका प्रत्येक स्वास्थ्यकर्मीलाई गरौँ सलाम !
अब घरमा बसेर गारदिनुहोला यो उपकार, छ तपाईंलाई नि मेरो सलाम !
आँखाले नदेखिने यी दुश्मनले चिन्दैनन् धर्म र जाति, हुन् कोभिड प्रजाति !
बनोस् भ्याक्सिन सकियोस् क्वारेन्टिन, यो युद्धमा जित्ने छन् सारा मानव जाति !
डाक्टर, अहिलेका आइरन म्यान, स्पाइडर म्यान जसका हुँदैनन् बहाना !
सेतो कोट र घाँटीमा बेरेको माला, यिनै हुन् उनका गाहना !
छैन हतियार, छैन पर्खाल रोकिने छैनन् उनका प्रहार !
कोरोनासँग लड्ने यी योद्धालाई कहिल्यै नगर तिरस्कर !
अनेकौँ कर्मचारीमध्ये एक सच्चा कर्मचारी हुन् प्रहरी !
कोरोनाको कहरमा दिनरात खटेका हुन् प्रहरी !
आफ्ना ती लठ्ठीले भए’नि देशलाई जोगाउन लागेका छन् !
भूकम्प, बाढी, अत्याचार या होस् महामारी हट्दैनन् पछाडि !
सशस्त्र हुन् या नेपाल प्रहरी, देशका लागि छ्न् आभारी !
देशका लागि दिए रगत, भए सहिद र रहे अमर, महान छ जिम्मेवारी !
गर्न सकिँदैन शब्दमा उनको वयान, सक्छौ भने गर सम्मान !
सधैँ जय होस् र विजय होस्, हामी सबै वीर गोर्खालीका सन्तान !
प्रकाशित समय १०:१५ बजे

















