गृहपृष्ठ कोरोनाभाइरसलाई मायालुको प्रेमपत्र
कोरोनाभाइरसलाई मायालुको प्रेमपत्र
तिमीलाई के नामले सम्बोधन गरुँ ?
कोरोना या कोभिड- १९ ?
तर तिमीलाई कोरोना भनेर सम्बोधन गर्दैछु
तिम्री प्यारी म यो ‘प्रेमपत्र’ लेख्दैछु
तिमीलाई धेरै गाली गर्न मन छ
तर, आज तिमीलाई सम्झाउन यो पत्र लेख्दैछु
प्रिय कोरोना,
मेरो मन साह्रै दुखेको छ तिमीदेखि
यसरी मान्छेको ज्यान किन लिइरहेछौ ?
तिमीले विनाकारण किन त्रास फैलाइरहेछौ ?
कहिलेसम्म यसरी मान्छेलाई सताइरन्छौ ?
मलाई तिमीसँग साह्रै रिस उठेको छ
तिम्रो यस्तो कार्यले मलाई ग्लानि पनि भएको छ ।
सोचेको थिएँ,
तिमी त छिट्टै फर्किएर आउँछौ
तर खै त, अझै आएनौ
तिमी मानवसंसारमा जाँदा
मलाई नै भनेका थियौ
म छिट्टै फर्किन्छु भनेर
तर तिमी यतिका महिना बितिसक्दा पनि
अझै मानव दुनियाँमा छौ
मानवलाई नाश गरिरहेछौ
किन कोरोना ?
मान्छेले तिम्रो के बिगारेको छ ?
तिमीले मान्छेसँग के बदला लिनुछ ?
मान्छेले के गल्ती गरेको छ ?
जसको कारण तिमी यति धेरैलाई मारिरहेछौ ?
तिमी तिम्रो आँखा खोलेर हेर
कतिको घर तिमीले उजाड पारिसक्यौ
कतिलाई परिवारबाट अलग गरिसक्यौ
तिम्रो कारण आज कति भोकभोकै तड्पिरहेका छन्
कति आफन्तको वियोगमा छट्पटिरहेका छन्
तिमीले देखेका छौ ?
तिम्रो डरको कारण मानिसहरु बाहिर निस्कन सकेका छैनन्
तिम्रो अत्याचारलाई मानिसले धेरै नै सहिसके
अब तिम्रो अन्त्यको लागि उपाय खोजिसकेका छन्
अझै त्यही बस्यौ भने मानिसले तिमीलाई नाश गर्नेछ
जसरी अहिले तिमी लाखौँको ज्यान लिइरहेछौ
प्रिय, अब हाम्रै दुनियाँमा फर्क
छोड पृथ्वीलोक
अब पनि तिमी आएनौ भने तिमीलाई फेरि देख्न पाउँदिनँ
म तिमीलाई गुमाउन चाहन्नँ
छोडिदेउ मानवलाई सताउन
छोडिदेउ त्रसित बनाउन
तिमीलाई बिन्ती छ मेरो,
अब त फर्की आउ
. . . . उही तिम्रो प्रियसी ।
प्रकाशित समय १३:२० बजे

















