गृहपृष्ठ क्रेडिट रेटिङ एजेन्सीले भन्यो- नेपाल अति-उच्च जोखिम भएको देश
क्रेडिट रेटिङ एजेन्सीले भन्यो- नेपाल अति-उच्च जोखिम भएको देश
एक अमेरिकी क्रेडिट रेटिङ कम्पनीले नेपाललाई ‘अति-उच्च जोखिम भएको देश’ का रूपमा वर्गीकरण गरेको छ । अमेरिकी क्रेडिट रेटिङ एजेन्सी एएम बेस्टले नेपाललाई ‘टायर फाइभ (सीआरटी-फाइभ)मा राखेको हो । यो अत्यन्तै बढी जोखिम भएको तह हो ।
एएएम बेस्टले आर्थिक, राजनीतिक र वित्तीय प्रणालीका जोखिमका आधारमा ‘कन्ट्री रिस्क टायर (सीआरटी) तय गरिएको जनाएको छ । यो मूलतः बिमासम्बन्धी क्रेडिट रेटिङ गर्ने कम्पनी हो ।
नेपाल राजनीतिक, र वित्तीय प्रणालीको जोखिमका आधारमा उच्च र आर्थिक जोखिममा निकै उच्च जोखिमा रहेका कारण टायर फाइभमा परेको सो कम्पनीद्वारा सार्वजनिक ‘कन्ट्री रिस्क रिपोर्ट’मा उल्लेख छ ।
नेपालबाहेक दक्षिण एसियका बंगलादेश, पाकिस्तान, भुटान पनि ‘सीआरटी-फाइभ’ मै परेका छन् भने भारत ‘सीआरटी-फोर’मा परेको छ । उसले म्यानमारलाई पनि दक्षिण एसियामै राखेको छ, म्यानमार पनि ‘सीआरटी-फाइभ’मा परेको छ ।
नेपाल तुलनात्मक रूपमा अलग्गै प्रकृतिको/एकलकाँटे भए पनि कोभिड-१९ महामारीको कारण रेमिट्यान्स र पर्यटनबाट हुने आय कमी कारण आर्थिक रूपबाट निकै प्रभावित हुने हुने सो क्रेडिट रेटिङ एजेन्सीले जनाएको छ ।
नेपालमा बाढी र खडेरीजस्ता गम्भीर मौसमसम्बन्धी प्राकृतिक प्रकोपको जोखिममा भएको उल्लेख गर्दै कोभिड-१९ का प्रभावबाहेक भारतबाट आयातमा भएको अस्थायी कमी, कृषि क्षेत्रमा मौसमी वर्षाको अभावका साथै कृषि बालीमा फौजी किरासहितका किरा-फट्यांग्राबाट आक्रमणको तथा कृषि उत्पादनको ढुवानीमा कठिनाईका सामना गरिरहेको प्रतिवेदनमा उल्लेख छ ।
कृषिले नेपाली अर्थतन्त्रमा एक तिहाइ हिस्सा ओगट्छ भने कुल रोजगारीको दुई तिहाइ यसै क्षेत्रमा संलग्न छन् । कृषिमा पार्ने प्रभावले समग्र अर्थतन्त्र प्रभावित हुन्छ ।
भारतसँग करिब ६५ प्रतिशतको व्यापार साझेदारी रहेको भूपरिबेषठित नेपालले कोभिड-१९ का कारण भारतसँगको द्विपक्षीय सम्बन्धमा समेत चुनौतीका सामान गरिरहेको, जसका कारण नेपालको सीमापार निर्यातमा बिम्लब भइरहेको सो क्रेडिट रेटिङ एजेन्सीले बताएको छ ।
प्रतिवेदनमा हालसालैका वर्षहरूमा नेपालले भारतसँगको आफ्नो निर्भरता कम गर्नका लागि चीनसँगको सम्बन्ध विस्तार गरेको उल्लेख गर्दै नेपाल र भारतबीच अहिले रणनीतिक हिसाबले महत्वपूर्ण कालापानी क्षेत्रको सीमा विवाद बढेको जनाइएको छ ।
प्रकाशित समय १३:२८ बजे

















