गृहपृष्ठ विद्यार्थीलाई अर्ति : झण्डा होइन कलम समाऊ
विद्यार्थीलाई अर्ति : झण्डा होइन कलम समाऊ
प्यारा विद्यार्थी भाइ-बहिनी एउटा अर्ति सुनाऊँ ?
विद्यालय छाडी कसैका विरोधमा जन झाऊ
झण्डा होइन बालकैमा हातमा कलम समाऊ
निकोहरी पढी, लेखी ज्ञानी बन, राम्रो नाम कमाऊ !
मेहनती माहुरी बनी धेकाउ दुई दिने चोलामा
हात नहाल खोक्रा अरिङ्गालका गोलामा
न बगाऊ सुनौलो भविष्य छान्ना खोलामा
पार्टीका पर्चा हैन किताब बोक झोलामा !
झण्डा त बेली क्रान्तिका लागि बन्दुकै उठाएका
तिमीलाई सिकाइएका भन्दा चर्का नारा लगाएका
स्कुल र कलेज छाडी बन्द, हडतालको पछि धाएका
भेटिन्छन् आज परदेशमा पुगी अतित सम्झी पछुताएका
प्यारा विद्यार्थी भाइ-बहिनी एउटा अर्ति सुनाऊँ ?
झण्डा नाइँ बालख् उमेरमा हातमी कलम समाऊ !
प्रकाशित समय ०७:३० बजे

















