गृहपृष्ठ रमेश भण्डारीद्वारा लिखित कथासंग्रह ‘पोर्टर’ विमोचन

रमेश भण्डारीद्वारा लिखित कथासंग्रह ‘पोर्टर’ विमोचन

ramesh-bhandari-newskarobar

साहित्यकार रमेश भण्डारीद्वारा लिखित कथासंग्रह ‘पोर्टर’ शनिबार विमोचन गरिएको छ । काठमाडौंको हार्दिक होटलमा आयोजित कार्यक्रममा वरिष्ठ साहित्यकार कृष्ण धराबासीले कथासंग्रह विमोचन गरे ।

‘इन्डिगो इन्क’ले बजारमा ल्याएको कथासंग्रह ‘पोर्टर’मा १८ वटा कथा संगृहीत छन् । पुस्तकमा कथाकारले आफूले देखेको र भोगेको विषयलाई सरल भाषामा उतारेका छन् । नेपाली समाजका विद्यमान समस्यालाई आफ्नो तरिकाबाट लेख्न खोजेको कथाकार भण्डारीले बताए ।

कथासंग्रहमाथि टिप्पणी गर्दै साहित्यकार धराबासीले पहिलो कृति भए पनि कथाकारले उत्कृष्ट शैलीमा कथाका घटनाको विश्लेषण गरेको बताए । धराबासीले पश्चिमी साहित्यको प्रसंग उठाउँदै नेपालमा पनि नेपाली भाषाको कृतिलाई देशको सम्पत्तिको रुपमा जगेर्ना गर्नुपर्नेमा जोड दिए । भण्डारीको यो पहिलो कृति हो ।

प्रकाशित समय १७:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु