गृहपृष्ठ जनकपुरमा साहित्य कला र अन्तर्राष्ट्रिय नाट्य महोत्सव
जनकपुरमा साहित्य कला र अन्तर्राष्ट्रिय नाट्य महोत्सव
जनकपुरधाममा आउँदो फाल्गुन १८ गतेदेखि २३ गतेसम्म ‘जनकपुर साहित्य-कला एवं अन्तर्राष्ट्रिय नाट्य महोत्सव’ आयोजना हुने भएको छ । मैथली विकास कोषको आयोजनामा हुन लागेको महोत्सवमा नेपाल र भारतका एक दर्जनभन्दा बढी विद्वानहरूको समेत सहभागीता हुने कोषका अध्यक्ष जीवनाथ चौधरीले जानकारी दिए ।
महोत्सवमा मैथिली भाषा, साहित्य, कलाको उजागर गर्न नाटक मञ्चन गर्ने कार्यक्रम, सांस्कृतिक कार्यक्रम, लोककला, ललितकला, मिथिला भोजन एवं पुस्तक प्रदर्शनीसमेत गरिने कोषका चौधरीले जानकारी दिए ।
जनकपुर उद्योग वाणिज्य संघको सभाकक्षमा ६ दिनसम्म चल्ने महोत्सवको उद्घाटन पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गर्ने आयोजकले जनाएको छ ।
महोत्सवमा मैथिली भाषाका जानकार वरिष्ठ साहित्यकार डा.राजेन्द्र विमल, भाषाविद् डा. रामअवतार यादव, वरिष्ठ राजनीतिक विश्लेषक सीके लाललगायतको सहभागीता रहने छ । महोत्सवले प्रदेश-२ को कामकाजी भाषा, राजधानी र प्रदेशको नामाकरणका लागि विशेष सहयोग गर्ने आयोजकको दावी छ ।
प्रकाशित समय १७:५७ बजे

















