गृहपृष्ठ कर्णाली र गण्डकीको अनुभव साटासाट

कर्णाली र गण्डकीको अनुभव साटासाट

karnali_gandaki

सोमबार कर्णाली प्रदेशसभा परिसरभित्र केहि नयाँ अनुहारहरु देखिन्थे । कोही भौतिक संरचनालाई नियाल्दै थिए भने कोही परिचय गर्नमै व्यस्त देखिन्थे । गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारी सहितको टोली सोमबार कर्णाली प्रदेशसभाको परिसरमा अनुभव साटासाट गर्न आएपछिको दृश्य हो यो ।

प्रदेशमा अनुभव साटासाट गरेर कर्णालीमा आएको टोली प्रदेश-७ जाने तयारीमा समेत थियो । कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीको अध्यक्षतामा केहिबेर अन्तर्क्रिया तथा अनुभव साटासाट कार्यक्रमको समेत आयोजना गरियो ।

कार्यक्रममा गण्डकी प्रदेशसभा सचिवालयका सचिव सम्भुबहादुर खड्काले प्रदेशले एक वर्षको अबधीमा गरेका कामहरुको प्रस्तुतीकरण गरेका थिए । त्यस्तै प्रदेशले एक वर्षमा गरेको कामको बारेमा समेत कार्यक्रममा जानकारी दिइएको थियो ।

karnali_gandaki2

कार्यक्रममा गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले संविधानको कार्यान्वयन गर्ने दायित्व सबैको भएकोले यसमा सबै लाग्नुपर्ने बताइन् । उने भनिन्, ‘महिला सधैँ उपमा मात्रै बस्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्दछ । महिलहरु सधैँ उपउप हुँदा चुप हुनुपरेको छ । त्यसको अब अन्त्य हुनुपर्दछ ।’

त्यस्तै गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले देशमा संघीयता ठूलो त्यागबाट आएको र यसलाई कार्यान्वयनमा लैजान आवश्यक भएको बताए । उनले भने, ‘नेपाली जनताले कल्पना गरेको सम्वृद्ध र सुखी नेपालका लागि सबै लाग्नुपर्छ । कानुन मनपरी ढंगले निर्माण गरे संघीयता धरापमा पर्छ । यसमा सबैको ध्यान जानुपर्छ ।’

कर्णाली प्रदेश देशका अरु प्रदेशभन्दा पहिला राजधानी तोक्ने र नामाकरण गर्ने प्रदेशको रुपमा चिनिन्छ । उनले थपे, ‘प्राकृतिक स्रोत साधनले भरीपूर्ण कर्णाली कसरी अगाडि बढेको छ भन्ने जिज्ञासा लागेर हामी आएका हौं ।’

दुई प्रदेशबीचको अनुभव आदान प्रदानले आगामी दिनमा कसरी अगाडि बढ्ने भन्ने कुरामा सहायोग गर्ने समेत उनले बताए ।

त्यस्तै कर्णालीका सभामुख शाहिले जनताको आवाज र भावनाको अनुभूति गर्ने गरी अगाडि बढ्नु पर्ने बताए । उनले भने, ‘जनताले आफ्नो आवाज संसदमा गुञ्जीएको अनुभुती गर्न पाउनु पर्छ ।’ सरकार र संसदबिचको सम्बन्ध सहयोगी हुनुपर्ने भन्दै सभामुख शाहीले योग्यता र क्षमताको कदर हुने यो व्यवस्थालाई सदुपयोग गर्नुपर्ने बताए ।

प्रकाशित समय १८:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु