गृहपृष्ठ धनुषामा नाबालिकामाथि बलात्कार, ३ पक्राउ

धनुषामा नाबालिकामाथि बलात्कार, ३ पक्राउ

धनुषाको सवैलामा नाबालिकामाथि सामूहिक बलात्कार भएको छ । गतराति सवैला नगरपालिका- ८ ठिल्लामा  घरमै सुत रहेकी १४ वर्षिया बालिकालाई घरको ढोका खोलेर घरभन्दा ५ सय मिटर पर गढी गाछी भन्ने स्थानमा लगेर बलात्कार गरेको इलाका प्रहरी कार्यालय सवैलाले जनाएको छ ।

घरमा बुवा सत्यनारायण राय घरको अर्को कोठामा सुतिरहेको बेला उनलाई गाउकै ३७ वर्षीय मनिवुल राइन र ३० वर्षीय मदिक राइनले बलात्कार गरेको प्रहरीले जनाएको छ ।

राती घरमा १ बजे पीडितलाई छोडेर भागेपछि आरोपितहरुलाइ खोजी गरिदै जाँदा एउटै मोटरसाइकलमा ३ जना भाग्दै गर्दा सवैलाको नहरबाट स्थानीय बासिन्दाको सहयोगमा पक्राउ गरिएको सवैला प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक वीरेन्द्र यादवले जानकारी दिएका छन् । आरोपितहरुलाइ ईलाका प्रहरी कार्यालयमा राखिएको छ भने पीडितलाई स्वास्थ चेक जाँचको लागि जनकपुर अञ्चल अस्पताल पठाइएको छ ।

प्रकाशित समय १५:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु