गृहपृष्ठ साग महिला भलिबल : ब्लकर र स्पाइकर चल्न नसक्दा भारतसामु नेपाल निरीह
साग महिला भलिबल : ब्लकर र स्पाइकर चल्न नसक्दा भारतसामु नेपाल निरीह
नेपाली महिला टोली १३औं दक्षिण एसियाली खेलकुद (साग)को महिला भलिबलअन्तर्गत भारतविरुद्धको खेलमा ३-० को सोझो सेटमा पराजित भएको छ । त्रिपुरेश्वरस्थित कभर्डहलमा बुधबार भएको समूह ‘ए’को पहिलो खेलमा नेपालले बंगलादेशमाथि ३-० को जित दर्ता गरेको थियो।
बिहीबार भएकाे समूह चरणकाे दाेस्राे खेलमा नेपालका ब्लकर र स्पाइकरहरू चल्न सकेनन् । रिसिभमा पनि सम्हालिन नसकेपछि विपक्षी भारतले अंक जाेड्ने माैका पायाे । फलस्वरूप, नेपाल २६-२४, २४-२२ र २५-१६ स्कोरमा भारतलाई नतिजा सुम्पन बाध्य भयाे ।
प्रकाशित समय १८:४८ बजे

















