गृहपृष्ठ कास्की- २ मा गन्न बाँकी मतभन्दा बढीले विद्या भट्टराई अगाडि, जित्ने पक्का
कास्की- २ मा गन्न बाँकी मतभन्दा बढीले विद्या भट्टराई अगाडि, जित्ने पक्का
कास्की- २ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की उम्मेदवार विद्या भट्टराईले जित्ने पक्का भएकाे छ । गन्न बाँकी मतभन्दा बढी अन्तरले अगाडि रहेपछि उनकाे विजय निश्चित देखिएकाे हाे ।
८ हजार ३६३ मत गन्न बाँकी रहँदा भट्टराई कांग्रेसका खेमराज पौडेलभन्दा ८ हजार ५ सयभन्दा बढी मतले अगाडि छन् । अब तीनवटा वडाको मत गन्न बाँकी रहेकाे निर्वाचन कार्यालयले जनाएकाे छ ।
पछिल्लो मत परिणामअनुसार विद्याले २० हजार ७७९ मत प्राप्त गरेकी छन् भने खेमराजको १२ हजार २५९ मत रहेको छ । प्रतिनिधि सभा सदस्यका लागि कास्की- २ मात्र उपनिर्वाचन भएको क्षेत्र हाे ।
प्रकाशित समय १७:४७ बजे

















