गृहपृष्ठ सागमा स्वर्ण जित्ने फुटबल खेलाडी असन्तुष्ट !

सागमा स्वर्ण जित्ने फुटबल खेलाडी असन्तुष्ट !

सरकारले १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा स्वर्ण पदक जित्ने प्रत्येक खेलाडीलाई ९ लाख नगद पुरस्कार दिने घोषणा गरेको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा खेलाडीहरूलाई बधाई दिन आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले पुरस्कारको घोषणा गरेका हुन् ।

१३औं दक्षिण एसियाली खेलकुद (साग)मा फुटबलतर्फ स्वर्ण जित्ने नेपाली टोलीका खेलाडीहरूले पनि जनही पाँच लाख पुरस्कार पाउने भएका छन् । तर, सरप्राइज प्याकेजमा फुटबल खेलाडी भने ‘सरप्राइज्ड’ भएनन् ।

किनभने उनीहरुले यसअघि १२औं सागमा स्वर्ण जित्दाजस्तै यो पटक पनि ५/५ लाख मात्रै पाउने भएका छन् । अरू विधामा स्वर्ण विजेता खेलाडीहरूको पुरस्कार वृद्धि हुँदा आफूहरूको पनि पुरस्कार रकम बढ्ने आशामा रहेका फुटबल खेलाडीहरू ‘निराश’ बनेका छन् ।

पुरानै स्केलमा पुरस्कार पाउने भएपछि खेलाडीहरु सन्तुष्ट हुन सकेनन् । नेपाली टोलीले प्रतियोगितभर अपराजित रहेर मंगलबार फाइनलमा भुटानलाई २-१ ले पराजित गर्दै १३औं सागको फुटबलमा स्वर्ण जितेको थियो । नेपाली टिममा २० खेलाडी ३ प्रशिक्षक १ म्यानेजर १ फिजियो र १ सल्लाहकार छन् ।

प्रकाशित समय १८:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु