गृहपृष्ठ भाइरसबारे सबैभन्दा पहिला जानकारी दिने चिकित्सककाे मृत्यु
भाइरसबारे सबैभन्दा पहिला जानकारी दिने चिकित्सककाे मृत्यु
कोरोना भाइरसबारे संसारलाई सबैभन्दा पहिला जानकारी दिने चिनियाँ चिकित्सकको बिहीबार ज्यान गएको छ ।
ली वेनलियान्ग नाम गरेका चिनियाँ चिकित्सकको कोरोना भाइरसकै कारण बिहीबार चीनमा ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
जब चीनको वुहान शहरमा कोरोना भाइरसबारे सूचना लुकाउने प्रयास गरिएको थियो, त्योबेला चिकित्सक ली वेनलियान्गले अस्पतालबाट भिडियो पोस्ट गरेर कोरोना भाइरसबारे मानिसहरुलाई चेतावनी दिएका थिए । (एजेन्सी)
प्रकाशित समय ०८:३३ बजे

















