गृहपृष्ठ बाबुरामले भने- अरुको आङमा जुम्रा हेर्नुभन्दा आफ्नै आङमा भैंसी हेर्ने कि प्रधानमन्त्रीज्यू !

बाबुरामले भने- अरुको आङमा जुम्रा हेर्नुभन्दा आफ्नै आङमा भैंसी हेर्ने कि प्रधानमन्त्रीज्यू !

पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले सरकारको कडा टिप्पणी गरेका छन् ।

सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको कमिसन अडियो प्रकरणमा आफ्नो धारणा राख्दै जनता तथा कर्मचारीलाई सचेत गराउनुभन्दा पनि आफ्नै मन्त्रिमण्डललाई सचेत गराउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई व्यंग्य गर्दै सोधेका छन् ।

बिहीबार पूर्वप्रधानमन्त्री डा. भट्टराईले ट्वीट गर्दै भनेका भनेका छन्, ‘अरूको आङको जुम्रा खोज्नुभन्दा पहिले आफ्नै आङको भैंसी हेर्ने की प्रधानमन्त्री ज्यू । यही हो, ‘भ्रष्टाचार गर्दिनँ र भ्रष्टाचार गर्न पनि दिन्नँ’ भनेको ?’

काभ्रेको धुलिखेलमा स्थापना गर्ने भनिएको सेक्युरिटी प्रेस स्थापना गर्नका लागि स्वीस कम्पनीका नेपाल प्रतिनिधिसँग सञ्चारमन्त्री गोकुल बाँस्कोटाबीच भएको कमिसनको ‘डिलिङ’को अहिले चौतर्फी आलोचना भएको छ ।

प्रकाशित समय १२:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु