गृहपृष्ठ युएईबाट आएर आइसोलेसनमा बसेका युवकको मृत्यु

युएईबाट आएर आइसोलेसनमा बसेका युवकको मृत्यु

death-newskarobar सांकेति तस्बिर ।

बुटवलस्थित कोरोना भाइरस उपचार विशेष अस्पतालको आइसोलेसनमा रहेका एक युवकको मृत्यु भएको छ । पाल्पा स्थायी घर भएका ३३ वर्षीय युवकको आइतबार मृत्यु भएको अस्पतालले जनाएको छ ।

काठमाडौं पठाइएकाे नमूना परीक्षणकाे रिपोर्ट आइनसकेकाले ती युवकमा कोरोना भाइरस संक्रमणको पुष्टि भने भएको छैन । उनी चैत ६ गते संयुक्त अरब इमिरेट्स (युएई)बाट काठमाडौं आएका थिए ।

चैत ७ गते बस चढेर रुपन्देहीको सैनामैना पुगेका उनी ज्वरो आएपछि स्थानीय मेडिकल हलमा चेकजाँच गराएर अस्पताल भर्ना भएका थिए ।

प्रकाशित समय १५:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु