गृहपृष्ठ डिजेल, पेट्रोल र मट्टितेलको मूल्य घट्यो, एलपी ग्यासको यथावत
डिजेल, पेट्रोल र मट्टितेलको मूल्य घट्यो, एलपी ग्यासको यथावत
नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टितेलको मूल्य १० रुपैयाँ घटाएको छ । निगमले बुधबार रातिदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको हो ।
निगम सञ्चालक समितिको आज (चैत १९) बसेको बैठकले गरेकाे निर्णयानुसार पेट्रोल र डिजल/मट्टितेलको साविकको खुद्रा बिकी मूल्यमा रु. १० घटाइएको छ । ‘काठमाडौंको लागि पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर ९६ र डिजेल/मट्टितेलको खुद्रा बिकी मूल्य ८५ प्रतिलिटर कायम गरेको छ,’ निगमले विज्ञप्तिमार्फत जानकारी गराएकाे छ ।
हवाई ईन्धन (आन्तरिक उडान तर्फ)मा प्रतिलिटर १५ घटाई ७५ रुपैयाँ प्रतिलिटर तथा बाह्य उडानतर्फ ९५ सेन्ट (अमेरिकी डलर अनुसार) कायम गरिएको छ । एलपी ग्यासको हालको मूल्य भने यथावत नै राखिएको छ ।
निगमद्वारा जारी विज्ञप्ति :
प्रकाशित समय १९:१८ बजे


















