गृहपृष्ठ एकै दिन ५७ जनामा कोरोना संक्रमण, संक्रमित सबै पुरूष

एकै दिन ५७ जनामा कोरोना संक्रमण, संक्रमित सबै पुरूष

नेपालमा आज मंगलबार एकै दिन ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितमध्ये पर्सामा मात्र ३९ जना रहेको स्वास्थ्य मन्त्रायका प्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए । त्यस्तै कपिलवस्तुका ८, रुपन्देहीका ९ र बाराका १ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार संक्रमित सबै पुरूष हुन् । योसँग नेपालमा कुल संक्रमित संख्या १९१ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित समय १३:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु