गृहपृष्ठ सांसद कार्की भन्छन्‑ पुरुषमा आवारा प्रवृत्ति छ, महिलाकेन्द्रित कृषिमा जोड दिऊँ

सांसद कार्की भन्छन्‑ पुरुषमा आवारा प्रवृत्ति छ, महिलाकेन्द्रित कृषिमा जोड दिऊँ

सांसद सुरेन्द्र कार्कीले २०४८ सालपछिका सबै बजेट उस्तै भएकाले नेपाली कांग्रेसले विरोध गर्नुको कुनै अर्थ नभएको बताएका छन् । संयुक्त सदनमा अर्थमन्त्रीले संसदमा पेस गरेको विनियोजन विधेयकमाथिको छलफलका क्रममा सांसद कार्कीले भने, ‘२०४८ सालपछिका बजेटमा यसपटक कोरोना शब्द नयाँ पर्ला, बाँकी एउटै आउनेछ, त्यसकारण विरोध गर्नुको कुनै तुक छैन ।’

शिक्षा, स्वास्थ्य र कृषिलाई फरक तरिकाले सोच्न जरुरी रहेको उनले बताए । पब्लिक हेल्थको मुद्दालाई विश्वले अब फरक ढंगले हेर्ने भएकाले हामी पनि फरक ढंगमा अघि बढ्नुको विकल्प नभएको उनको भनाइ छ । चुरेमा अब डोजर प्रयोग गर्न नहुने उनले बताए ।

सांसद कार्कीले महिला केन्द्रित कृषिमा जोड दिनुपर्ने बताए । ‘नेपालका पुरुषमा आवारा प्रवृत्ति हावी छ, त्यसकारण महिला केन्द्रित कृषिमा जोड दिनुपर्छ,’ उनले भने ।

प्रकाशित समय १३:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु