गृहपृष्ठ कोरोना संक्रमितको संख्या ६८२ पुग्यो, ४ को मृत्यु
कोरोना संक्रमितको संख्या ६८२ पुग्यो, ४ को मृत्यु
नेपालमा कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या ६८२ पुगेको छ । अछामका ३२ वर्षीय पुरुष, बर्दियाका २२, २४ र १८ वर्षीय पुरुष तथा पर्साका १८ वर्षीय र काठमाडौं घर भइ बाराको कलैयामा कार्यरत पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाराको कलैया- ७ का एक जना ७० वर्षीय पुरूषमा पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको र उनको उपचारको क्रममा मृत्यु भएको छ । उनको नेशनल मेडिकल कलेज वीरगन्जमा जेठ ४ गते मृत्यु भएको सोमबारको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।
योसँगै नेपालमा कोरोनाबाट ४ जनाको मृत्यु भएको छ । यसअघि कोरोना संक्रमण पुष्टि भएका सिन्धुपाल्चोकका एक, बाँकेका १ र गुल्मीका एक जनाको मृत्यु भएको थियो ।
प्रकाशित समय १७:५५ बजे

















