गृहपृष्ठ एक दिनमा अहिलेसम्मकै सबैभन्दा बढी संक्रमित थपिए, संक्रमितको संख्या ६२ सय नाघ्यो

एक दिनमा अहिलेसम्मकै सबैभन्दा बढी संक्रमित थपिए, संक्रमितको संख्या ६२ सय नाघ्यो

बितेको २४ घण्टाभित्र नेपालमा ४ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३५ महिलासहित ४५१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो संख्या एकैदिन थपिएका संक्रमितको संख्यामध्ये हालसम्मकै सबैभन्दा बढी हो ।

सोमबारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यससँगै नेपालमा कोरोना संक्रमतिको संख्या ६२११ पुगेको जानकारी  दिए । उनीहरु मध्ये ४७१ जना महिला र ५७४० जना पुरुष रहेका छन् ।

कोरोना संक्रमण निको भएर हालसम्म १ हजार ४१ जना डिस्चार्ज भएका छन् । जसमा ९ सय ३७ पुरुष र १ सय ४ जना महिला रहेका छन् । बितेको २४ घण्टामा थप ६७ जना संक्रमणमुक्त भएका छन् । जसमा ७ महिला र ६० पुरुष रहेका छन् ।

प्रकाशित समय १६:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु