गृहपृष्ठ नेकपा स्थायी कमिटी बैठक सुरु, प्रधानमन्त्री ओली पनि उपस्थित
नेकपा स्थायी कमिटी बैठक सुरु, प्रधानमन्त्री ओली पनि उपस्थित
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक सुरु भएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को संयुक्त अध्यक्षतामा बैठक सुरु भएको एक सचिवालय सदस्यले जानकारी दिए ।
शनिबार तेस्रो दिन पनि सीमा समस्याका विषयमा बोल्न बाँकी स्थायी कमिटी सदस्यहरुले धारणा राख्ने कार्यक्रम छ । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली आजको बैठकमा भने उपस्थित छन् । हिजो दोस्रो दिनको बैठकमा ओली अनुपस्थित भएपछि सदस्यहरुले उनको चर्को आलोचना गरेका थिए ।
बैठकमा हिजोसम्म १८ जनाले सीमा समस्याका विषयमा आफ्नो धारणा राखेका थिए ।
प्रकाशित समय १२:१८ बजे

















