गृहपृष्ठ नेकपाको स्थायी कमिटी बैठक स्थगित
नेकपाको स्थायी कमिटी बैठक स्थगित
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक स्थगित भएको छ । पाँच जना समिति सदस्यहरुले बोलेपछि बुधबारको बैठक स्थगित भएको हो ।
कांग्रेस सांसद ज्ञानकुमारी छन्त्यालको निधन भएकोमा संसदमा शोक प्रस्ताव पारित गर्ने कार्यतालिका रहेको र त्यसैमा सहभागी हुन स्थायी कमिटी बैठक स्थगित गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।
बैठकमा लिलामणी पोखरेल, मातृका यादव, योगेश भट्टराई, नन्द प्रसाईं र पेशल खतिवडाले धारणा राखेका थिए । नेकपाको स्थायी कमिटी बैठक बिहीबार ११ बजे फेरि बस्ने तय भएको छ ।
प्रकाशित समय १३:१७ बजे

















