गृहपृष्ठ नेकपा अध्यक्षद्वय ओली र प्रचण्डबीचको वार्ता बालुवाटारमा सुरु
नेकपा अध्यक्षद्वय ओली र प्रचण्डबीचको वार्ता बालुवाटारमा सुरु
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको वार्ता सुरु भएको छ । आन्तरिक विवाद समाधानका लागि अध्यक्षद्वयबीच प्रधानमन्त्री निवास बालुवाटारमा वार्ता सुरु भएको हो ।
पार्टी विभाजनको अवस्थासम्म पुग्न नदिनका लागि दुवै अध्यक्षले अहिले छलफल थालेका हुन् । शुक्रबार दिउँसो बालुवाटारमा झण्डै तीन घन्टासम्म चलेको वार्तामा दुवै पक्षले आ-आफ्नै अडान राखेका थिए ।
हिजो प्रधानमन्त्री ओलीको आग्रहमा स्थायी कमिटी बैठक भोलिसम्मका लागि स्थगित गरिएको थियो । तर हिजो हुने भनिएको वार्ता भने प्रधानमन्त्री ओलीले अन्य परामर्श भन्दै स्थगित गरेका थिए ।
पार्टी बैठक चलिरहेका समयमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले अचानक संसद बैठक अन्त्य गरेका थिए । त्यसपछि दुवै अध्यक्षले आ-आफ्नो टोलीमा पनि परामर्श तीव्र पारेका छन् ।
हिजो राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई आफू र राष्ट्रपतिविरुद्ध षड्यन्त्र भएको बताएका थिए । उनले उपस्थित मन्त्री र राज्यमन्त्रीहरूलाई कित्ता क्लियर गर्न पनि भनेका थिए ।
प्रकाशित समय १२:१८ बजे

















