गृहपृष्ठ २९३ जना थपिए कोरोना संक्रमित, १३२ जना डिस्चार्ज
२९३ जना थपिए कोरोना संक्रमित, १३२ जना डिस्चार्ज
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाभित्र २९३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सो अवधिमा देशका विभिन्न प्रयोगशालामा चार हजार ७१० पीसीआर गरिएको थियो ।
आइतबारसम्म नेपालमा कोरोना संक्रमितको कुल संख्या १५ हजार ७ सय ८४ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
गएको २४ घण्टाभित्र १३२ जना संक्रमणमुक्त भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या ६ हजार ५४७ पुगेको छ ।
प्रकाशित समय १६:३१ बजे

















