गृहपृष्ठ एनएमबी बैंकमा कञ्चन डेभलपमेन्ट बैंक गाभ्ने प्रस्ताव पारित

एनएमबी बैंकमा कञ्चन डेभलपमेन्ट बैंक गाभ्ने प्रस्ताव पारित

एनएमबी बैंकको विशेष साधारण सभाले कञ्चन डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्नेसम्बन्धी प्रस्ताव पारित गरेको छ । बैंकको असार २१ गते सम्पन्न विशेष साधारण सभाले १००ः ८५ सेयर मूल्य अनुपातमा कञ्चन डेभलपमेन्ट बैंकलाई गाभ्ने प्रस्ताव पारित गरेको हो ।

कञ्चन डेभलपमेन्ट बैंकको सम्पत्ति र दायित्वको मूल्यांकन प्रतिवेदन तथा अन्य सम्वद्ध व्यवस्थाको आधारमा सो स्वाप रेसियो निर्धारण गरिएको हो । यससँगै कञ्चन डेभलपमेन्ट बैंकका सेयरधनीले १०० कित्ताबराबर एनएमबी बैंकको ८५ कित्ता सेयर पाउनेछन् ।

सुदूरपश्चिममा बलियो उपस्थिति रहेको कञ्चन डेभलपमेन्ट बैंकलाई प्राप्त गरेपश्चात एनएमबी बैंकको चुक्ता पुँजी १४ अर्ब ४५ करोड पुग्नेछ भने रिजर्भ ७ अर्ब ५ करोड पुग्नेछ । साथै, शाखा कार्यालयको संख्या १८४ र एक्सटेन्सन काउन्टरको संख्या आठ पुग्नेछ । बैंकको सुदूरपश्चिम प्रदेशमा शाखाहरुको संख्या २४ पुग्नेछ ।

कञ्चन डेभलपमेन्ट बैंकको प्राप्तिले राष्ट्रको प्रादेशिक संरचनामा एनएमबी बैंकको सन्तुलित वित्तीय पहँुचको मार्गचित्र कोर्न नयाँ आयाम थपिएको प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुनिल केसीले जानकारी दिए । बैंकले ग्रामीण तथा सहरोन्मुख क्षेत्रमा दिगो वित्तीय सेवा र विकास प्रदान गर्ने उद्देश्यअनुसार मोफसलमा राम्रा कम्पनीहरुलाई आफूमा गाभिरहेको छ । यसअघि बैंकले ओम विकास बैंकलाई गाभेको थियो ।

प्रकाशित समय १६:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु