गृहपृष्ठ सांसद सरिता गिरी पदमुक्त

सांसद सरिता गिरी पदमुक्त

समाजवादी पार्टीले नेतृ सरिता गिरीलाई पार्टीबाट निष्कासन गरेको छ । आज बसेको पार्टीको बैठकले उनलाई सांसद र पार्टीको साधारण सदस्यबाट निष्कासित गरेको हो । यससँगै गिरी सांसद पदबाट पदमुक्त हुने भएकी छन् ।

पार्टी महासचिव रामसहायप्रसाद यादवको नेतत्वमा गठित तीन सदस्यीय छानबिन कार्यदलले गिरीलाई कारबाही गर्न पार्टीसमक्ष सिफारिस गरेको थियो । सोहीअनुसार निर्णय भएको एक नेताले जानकारी दिए ।

सरकारले दर्ता गराएको संविधान संशोधनसम्बन्धी विधेयकविरुद्ध सांसद गिरीले प्रस्ताव दर्ता गराएपछि समाजवादी पार्टीले उनलाई सो प्रस्ताव फिर्ता लिन निर्देशन दिएको थियो । तर गिरीले दलको ह्वीप उल्लंघन गरी प्रस्ताव फिर्ता नलिएपछि समाजवादी पार्टीले कारबाही प्रक्रिया अगाडि बढाएको थियो ।

प्रकाशित समय १६:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु