गृहपृष्ठ १५० जना कोरोना संक्रमित थपिए, ६०९ डिस्चार्ज
१५० जना कोरोना संक्रमित थपिए, ६०९ डिस्चार्ज
७ जिल्ला कोरोना संक्रमणमुक्त
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार थप १५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितमध्ये काठमाडौंका ९ जना रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
त्यस्तै गएको २४ घण्टाभित्र ६०९ जना कोरोनामुक्त भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । अहिलेसम्म नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या १७ हजार ९९४ पुगेको छ । डिस्चार्ज हुनेको संख्या हालसम्म १२ हजार ४७७ पुगेको मन्त्रालयले जनाएकाे छ ।
हालसम्म ७ जिल्ला कोरोनाभाइरस संक्रमणमुक्त रहेको छ । जसमा भोजपुर पाँचथर, संखुवासभा धनकुटा, रसुवा, मनाङ र मुस्ताङ जिल्ला रहेका छन् ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ९ सय ६३ जनाकाे पीसीआर परीक्षण गरिएकाे छ । मंगलबारसम्म देशभरका क्वारेन्टिनमा २१ हजार ७ सय ४ जना रहेकाे मन्त्रालयले जनाएकाे छ ।
प्रकाशित समय १६:३० बजे

















