गृहपृष्ठ राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३१औं वार्षिकोत्सवमा वृक्षारोपण

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३१औं वार्षिकोत्सवमा वृक्षारोपण

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३१औं वार्षिकोत्सव कार्यक्रममा वृक्षारोपण गरिएको छ । विश्व महामारीको रुपमा फैलिएको कोभिड‑१९ का कारण सामाजिक दूरी कायम गरी वार्षिकोत्वस मनाइएको कर्मचारी संघले जनाएको छ ।

वार्षिकोत्सवको अवसरमा संघका अध्यक्ष हेमराज सुवेदी, बैंक, बिमा तथा वित्तीय क्षेत्र कर्मचारी संघका अध्यक्ष नारायणप्रसाद सुवेदी र संघका पूर्वअध्यक्ष वेतबहादुर लावतीले संयुक्त रुपमा संघको झण्डोत्तलन गरेका थिए । संघको वार्षिकोत्सवका अवसरमा राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालय सिंहदरबार प्लाजा परिसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले वृक्षारोपण गरे ।

त्यस्तै शाखा कार्यालय दरबारमार्ग परिसरमा संघका अध्यक्ष हेमराज सुवेदी, तालिम तथा विकास विभागका प्रमुख दीपकराज न्यौपाने र दरबारमार्ग शाखाका प्रबन्धक दिनेश न्यौपानेले संयुक्त रुपमा वृक्षारोपण गरेका छन् । वार्षिकोत्सवको अवसरमा प्रादेशिक कार्यालयहरुको परिसरमा पनि वृक्षारोपण गरिएको छ । त्यस्तै बैंकको केन्द्रीय कार्यालय सिंहदरबार प्लाजाका सम्पूर्ण कर्मचारीलाई मास्क वितरण गरिएको थियो ।

प्रकाशित समय १६:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु