गृहपृष्ठ पर्वत र लमजुङमा नदीमा डुबेर दुई जना बेपत्ता

पर्वत र लमजुङमा नदीमा डुबेर दुई जना बेपत्ता

गण्डकी प्रदेशअन्तर्गत पर्वत र लमजुङमा दुई जना बेपत्ता भएका छन् । पर्वतको बिहादी गाउँपालिका ४ का ४२ वर्षीय विष्णुप्रसाद भुसाल आफ्नै घरदेखि तीन किलोमिटर टाढा काली गण्डकी नदी किनारमा आफूले लगाएको टिसर्ट, कटु र मोबाइल राखी बेपत्ता भएको जानकारी प्राप्त भएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

त्यस्तै बिहीबार लमजुङको राइनस नगरपालिका ७ बाङ्ग्रेचोरको ओख्ले सागोनजिक चेपे नदीमा बाटोमा हिँड्ने क्रममा अर्घाखाँची सन्धीखर्क घर भई मध्यपहाडी लोकमार्गको ट्रिप्परको चालकको रुपमा काम गर्दै आएका २१ वर्षीय अनिल खड्का चिप्लिन गई चेपे नदीले बगाएको खबर प्राप्त भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बेपत्ता दुबै जनाको खोजतलास भइरहेको छ ।

प्रकाशित समय १७:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु