गृहपृष्ठ नेपालमा नयाँ ८३८ कोरोना संक्रमित फेला, ११ मृतक थपिए
नेपालमा नयाँ ८३८ कोरोना संक्रमित फेला, ११ मृतक थपिए
नेपालमा विगत २४ घण्टामा ८३८ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् भने ११ जनाको मृत्यु भएको छ । यो अवधिमा २५० जना कोरोनामुक्त भएका छन् ।
यससँगै नेपालमा कुल संक्रमितको संख्या ३० हजार ४८३ पुगेको छ भने १८ हजार २१४ जना उपचारपछि घर फर्किएका छन् । आइसीयूमा १३३ जनाको उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै कुल मृतकको संख्या १३७ पुगेको छ ।
हाल १२ हजार १३२ जना सक्रिय संक्रमित छन् भने संस्थागत आइसोलेनमा ८ हजार ५४६ जना छन् । होम आइसोलेसनमा रहनेको संख्या ३ हजार ५८६ रहेको मन्त्रालयले जानकारी दिएको छ ।
प्रकाशित समय १६:३२ बजे

















