गृहपृष्ठ ८८४ जना संक्रमित थपिए, ३१३ डिस्चार्ज

८८४ जना संक्रमित थपिए, ३१३ डिस्चार्ज

नेपालमा कोरोना संक्रमितको संख्या ३७ हजार नाघेको छ । पछिल्लो २४ घन्टामा २४२ महिला र ६४२ पुरुष गरी थप ८ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस अविधमा १० हजार ९७१ जनाको पीसीआर भएको थियो ।

उपत्यकामा १ सय ८६ जनामा कोरोना संक्रमण पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा १ सय ५५ जना, भक्तपुरमा १२ जना र ललितपुरमा १९ जनामा कोरोना संक्रमण देखिएको छ ।

अब देशभर संक्रमितको संख्या ३७ हजार ३ सय ४० पुगेको छ । संक्रमितमध्ये २० हजार ५ सय ५५ जना उपचारपछि घर फर्किएका छन् भने २ सय ५ जनाको कोरोनाका कारण ज्यान गएको छ ।

हालसम्म कोरोना निको हुनेको कुल संख्या २० हजार ५५५ रहेको छ भने पछिल्लो २४ घण्टामा ३१३ जना निको भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यस्तै देशभर सक्रिय संक्रमितको संख्या १६ हजार ५७८ रहेका छ । जसमा होम आइसोलेसनमा ६ हजार ४४५ जना र संस्थागत आइसोलेसनमा १० हजार १४५ जना रहेका छन् । हाल देशभर ८ हजार ३५ जना क्वारेन्टिनमा रहेका छन् ।

प्रकाशित समय १६:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु