गृहपृष्ठ काठमाडौं उपत्यकाभित्र थप १८६ जनामा कोरोना पुष्टि
काठमाडौं उपत्यकाभित्र थप १८६ जनामा कोरोना पुष्टि
काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण बढ्ने क्रम जारी छ । पछिल्लो २४ घन्टामा उपत्यकामा १ सय ८६ जनामा कोरोना संक्रमण पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार काठमाडौंमा १ सय ५५ जना, भक्तपुरमा १२ जना र ललितपुरमा १९ जनामा कोरोना संक्रमण देखिएको छ ।
देशभर कोरोना संक्रमितको संख्या ३७ हजार नाघेको छ । पछिल्लो २४ घन्टामा २४२ महिला र ६४२ पुरुष गरी थप ८ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस अविधमा १० हजार ९७१ जनाको पीसीआर भएको थियो ।
प्रकाशित समय १६:२७ बजे

















