गृहपृष्ठ ओली र दाहालबीच भेटवार्ता जारी

ओली र दाहालबीच भेटवार्ता जारी

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबीच बालुवाटारमा भेटवार्ता चलिरहेको छ ।

प्रधानमन्त्री ओलीसँग भेटवार्ता गर्न कार्यकारी अध्यक्ष दाहाल बिहान करिब सवा ११ बजे बालुवाटार पुगेका थिए । असोज २० मा सचिवालय बैठक बसेपछि दुई अध्यक्षबीच भेट भएको थिएन ।

वार्तामा मन्त्रिपरिषद् पुनर्गठन, संवैधानिक तथा राजनैतिक नियुक्ति, पार्टी एकताका बाँकी काम टुंग्याउने लगायत विषयमा छलफल भइरहेको बताइएको छ ।

प्रकाशित समय १४:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु