गृहपृष्ठ सुनको मूल्य ६०० ले बढ्यो

सुनको मूल्य ६०० ले बढ्यो

स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा आज पनि वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघले आजका लागि तोकेको मूल्यअनुसार छापावाल सुन तोलामा नै ६०० रूपैयाँले उकालो लागेको छ । प्रतितोला ९२ हजार ५०० रूपैयाँमा बुधबार कारोवार भएको छापावाल सुन आज भने ९३ हजार १०० रूपैयाँमा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ ।

यस्तै तेजाबी सुन प्रतितोला ९२ हजार ६०० रूपैयाँमा कारोबार भएको छ । तेजाबी सुन बुधबार तोलामा ९२ हजार रूपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदी तोलामा १५ रूपैयाँले बढेको छ । एक हजार २६० रूपैयाँमा बुधबार कारोवार भएको चाँदी आज भने एक हजार २७५ रूपैयाँ मूल्य निर्धारण भएको छ । (रासस)

प्रकाशित समय १२:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु