गृहपृष्ठ चितवनमा माइक्रो बस र ट्रक ठोक्किए, चारजनाको मृत्यु

चितवनमा माइक्रो बस र ट्रक ठोक्किए, चारजनाको मृत्यु

चितवनमा माइक्रो बस र ट्रक आपसमा ठोक्किँदा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा परी अन्य ६ जना घाइते भएका छन् । काठमाडौँबाट नारायणगढ आइरहेको ना ६ ख ४०६४ नम्बरको ट्रक र पोखराबाट काठमाडौं गइरहेको ग १ ख ७६९२ नम्बरको माइक्रो बस बिहान सवा सात बजे इच्छाकामना गाउँपालिका-चुम्लिङटारमा आपसमा ठोक्किएका हुन् ।

माइक्रोसँग ठोक्किएपछि ट्रक सडकबाट ५० मिटर तल खोचमा खसेको छ । दुर्घटनामा तीन जनाको घट्नास्थलमै र एकजनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । मृतकहरुको सनखत हुन सकेको छैन । घाइते ६ जनालाई उपचारका लागि भरतपुरतर्फ ल्याइएको छ ।

प्रकाशित समय ११:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु