गृहपृष्ठ नेकपाले बोलायो स्थायी कमिटी बैठक, यी हुन् छलफलका विषय

नेकपाले बोलायो स्थायी कमिटी बैठक, यी हुन् छलफलका विषय

पार्टी सञ्चालन नियमावली पारित गर्न नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पहिलो स्थायी कमिटी बैठक शनिबार बस्ने भएको छ । शनिबार अपराह्न प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा महासचिव बिष्णु पौडेलले संगठनात्मक संरचनासम्बन्धी विवरण स्थायी कमिटीमा पेश गर्ने र आवश्यक छलफल गरी पारित गर्ने कार्यसूची छ ।

नियमावलीको मस्यौदा स्थायी कमिटी सदस्यहरुलाई दिइसकिएको छ । उनीहरुलाई आवश्यक सुझावसहित बैठकमा उपस्थित हुन भनिएको केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए । बैठकका अरु पनि एजेण्डा तय भएको केन्द्रीय सदस्य रिजालले बताए । स्थायी कमिटीको पहिलो बैठकलाई दुवै अध्यक्षले सम्बोधन गर्नेछन् ।

नेकपाको ४५ सदस्यीय स्थायी कमिटी गठन भएपछि बस्न लागेको यो पहिलो बैठक हो । बैठकमा प्रधानमन्त्रीको आसन्न चीन भ्रमणाबारे पनि छलफल हुने नेताहरुले बताएका छन् । स्थायी कमिटी बैठकअघि ९ सदस्यीय केन्द्रीय सचिवालयको बैठक पनि बालुवाटारमै बस्नेछ ।

प्रकाशित समय १२:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु