गृहपृष्ठ पहिरोका कारण बीपी राजमार्ग अवरुद्ध
पहिरोका कारण बीपी राजमार्ग अवरुद्ध
एकतर्फी खुलाउने प्रयास गरिँदै
मंगलटारदेखी नेपालथोकसम्मको सडकखण्डमा खसेको लेदो माटो र खहरेका कारण बीपी राजमार्ग अवरुद्ध बनेको छ । आज बिहानैदेखि सो खण्डमा सवारी आवागमन अवरुद्ध भएको प्रहरीले जनाएको छ । काँभ्रे भञ्याङ् स्थित ट्राफिक चेक पोष्टका असई उमेश थपलियाका अनुसार मङगलटार स्कुल नजिकै, कालढुंगा र चिउरिवासमा लेदो माटो, माम्तीखोलामा बाढी, अन्य ठाउँमा खहरे खोला आएकाले सडक अवरुद्ध भएको हो ।
सडक अवरूद्ध हुँदा काठमाडौंबाट पूर्व जाने र पूर्वबाट काठमाडौं भित्रिने गाडीका यात्रुहरु सडकमै अलपत्र परेका छन् । अहिले सडक एकतर्फि भएपनि सडक खुलाउने प्रयास भइरहेको असई थपलियाले जानकारी दिए ।
प्रकाशित समय ११:२६ बजे
















