गृहपृष्ठ एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहोस्

एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहोस्

परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । परीक्षा नियन्त्रण कार्यालयले केहीबेरअघि पत्रकार सम्मेलन गरी गत चैत महिनामा सञ्चालित परीक्षाको नतिजा सार्वजनिक भएको हो ।

एसईई परीक्षामा ४ लाख ८५ हजार ५ सय ८६ परीक्षार्थी सहभागी भएका थिए । नियमिततर्फ ४ लाख ६१ हजार ५ सय १५ र एक्जाम्टेडतर्फ २४ हजार ७१ परीक्षार्थी सहभागी थिए । जसमा १४ हजार २ सय ३४ जनाले ’ए प्लस’, ४६ हजार १ सय ३० ले ’ए’, ४९ हजार ३७ जनाले ’बी प्लस र ७० हजार ५ सय १२ ले बी ग्रेड प्राप्त गरेका छन् ।

नतिजाका लागि परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरको बेवसाइट www.soce.gov.np मा हेर्न सकिने बोर्डले जनाएको छ ।

 

प्रकाशित समय १९:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु