गृहपृष्ठ बेलायतद्वारा पानामा ६-१ गोलले पराजित

बेलायतद्वारा पानामा ६-१ गोलले पराजित

विश्वकप फुटबलअन्तर्गत अाइतबार सम्पन्न पहिलो खेलमा बेलायतले पानामालार्इ ६-१ गोलको फराकिलो अन्तरले हराएको छ । पहिलो हाफमै पाँच गोल गरेको बेलायतले दोस्रो हाफको ६१अाैं मिनेटमा अर्को गोल थपेको हो । बेलायतले पहिलो हाफमा पानामाविरूद्ध ८, २२, ३६, ३९ र ४५अाैं मिनेटमा गोल गरेको हो । बेलायतका लागि कप्तान ह्यान्ड्रिक केनले ह्याट्रिक गरेका छन् । जोन स्टोन्सले दुर्इ गोल गरे भने लिगार्डले एक गोल थपे । पानामाले ७८अाैं मिनेटमा एक गोल फर्काएको छ । पहिलो खेलमा बेलायतले ट्युनिसियालार्इ २-१ गोलले हराएको थियो ।

जारी विश्वकपमा केनको दोस्रो ह्याट्रिक हो । यसअघि पोर्चुगलका रोनाल्डोले स्पेनविरूद्ध ह्याट्रिक गरेका थिए । यससँगै केनको व्यक्तिगत गोल संख्या पाँच पुगेको छ ।

प्रकाशित समय १९:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु