गृहपृष्ठ अर्जेन्टिनाविरूद्ध फ्रान्सलार्इ ४-२ को अग्रता

अर्जेन्टिनाविरूद्ध फ्रान्सलार्इ ४-२ को अग्रता

रूस विश्वकपअन्तर्गत जारी खेलमा फ्रान्सले अर्जेन्टिनाविरूद्ध ४-२ को अग्रता लिएको छ । अर्जेन्टिनाविरूद्ध फ्रान्सका बापेले ६८अाैं मिनेटमा अर्को गोल गरेका हुन् । यसअघि, बापेले नै ६३अाैं मिनेटमा गोल गर्दै टिमलार्इ ३-२ को अग्रता दिलाएका थिए । फ्रान्सका बि पाभर्टले ५७अाैं मिनेटमा बराबरी गोल फर्काएका थिए ।

दोस्रो हाफको ४८अाैं मिनेटमा ग्याब्रियल मर्काडोले गोल गर्दै अर्जेन्टिनालार्इ २-१ को अग्रता दिलाएका थिए । फ्रान्सविरूद्ध अर्जेन्टिनाका डि मारियाले ४१अाैं मिनेटमा बराबरी गोल फर्काएका थिए । यसअघि, फ्रान्सका ग्रिजम्यानले १३अाैं मिनेटमै पेनाल्टीमा गोल गरेका थिए ।

प्रकाशित समय २०:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु