गृहपृष्ठ फास्ट ट्रयाकबाट अघि बढाइँदै चिकित्सा शिक्षा विधेयक
फास्ट ट्रयाकबाट अघि बढाइँदै चिकित्सा शिक्षा विधेयक
सरकारले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संसद्मा दर्ता गरेको छ । अध्यादेशमार्फत ल्याइएका कतिपय विशेष प्रावधान हटाएर आइतबार नै पारित गर्ने गरी संसद्मा विधेयक दर्ता गरिएको हो ।
सरकारले शुक्रबार संसदमा दर्ता गराएको विधेयक नियम नै निलम्बन गरेर आजै पारित गर्ने तयारी गरेको छ । अध्यादेशको समय २३ गते सकिने भएकाले त्यसअघि नै राष्ट्रपतिबाट प्रमाणीकरण गर्न सक्ने गरी हतार-हतार विधेयक अघि बढाइएको हो ।
संसदमा (ने क पा)का सांसद देवप्रसाद गुरुङले प्रतिनिधिसभा नियमावली २०७५ को नियष्म २५० को उपनियम १ बमोजिम नियम निलम्बनको प्रस्ताव गरेका छन् । उनले राखेको प्रस्ताव सदनले पारित गरेको छ । यो संगै चिकित्सा विधेयक पारित गर्नका लागि छोटो बाटो खुल्नेछ । गुरुङको प्रस्तावमा सांसद उमाशंकर अरगरियाले समर्थन गरेका छन् ।
अहिले सदनमा शिक्ष विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५लाई प्रस्तुत गर्न गरेका छन् । त्यस प्रस्तावमाथि आज नै छलफल गर्ने तयारी रहेको छ ।
अध्यादेशमा काठमाडौं, ललितपुर, भक्तपुरमा १० वर्षसम्म कुनै पनि शिक्षण संस्थालाई सम्बन्धन दिने या चिकित्सा शिक्षासम्बन्धी कुनै संस्था वा प्रतिष्ठान स्थापना नगरिने उल्लेख रहेकोमा अहिलेको विधेयकमा सो प्रावधान हटाइएको छ । विधेयकले विगतका सहमति र सम्झौता उल्लंघन गरेको जानकारी पाएका डा. गोविन्द केसी शनिबारदेखि नै सत्याग्रहमा छन् । जुम्ला पुगेर उनले १५औं सत्याग्रह सुरू गरेका हुन् । उनी जिल्ला खेलकुद कार्यालयको कभर्ड हलमा शनिबार रातिदेखि असनसरत छन् ।
प्रकाशित समय ११:०७ बजे

















