गृहपृष्ठ सप्तकोशीमा पानीको बहाव बढ्यो
सप्तकोशीमा पानीको बहाव बढ्यो

पहाडी जिल्लामा लगातार परेको वर्षातका कारण सप्तकोशी नदीमा पानीको बहाव बढेको छ ।
पानीको सतह बढेसँगै राजावास क्षेत्रको २६–४०, २६–८८, २७–१० र २७–४० स्परमा कटान गर्न शुरु भएको छ । स्परमध्ये २६–८८ नम्बरमा बराहक्षेत्रबाट आउने नदीको बहाव सिधै ठोक्कीएपछि बढी कटान भइरहेको स्थानीयले बताएका छन् ।
मध्यान्ह १२ बजेसम्म ४.५५ मिटर पानीको सतह मापन गरिएको छ । कोशी नदीमा ५.६० मिटर कटेपछि चेतावनी तथा ६.८० कटेपछि खतराको रुपमा लिइन्छ ।
कोशी नदीमा पानीको बहावको मापन नेपाली र भारतीय दुवै पक्षले गर्ने गरेका छन । जसमा भारतीय पक्षले घण्टा घण्टामा रेकर्ड राख्ने गरेको छ भने नेपालीले दुईदुई घण्टामा । तर, नेपाली पक्षले गर्ने पानीको मापन बेला–बेला गलत भएर चेतावनीको साईरन बज्ने र रातो झण्डा राख्ने कार्य भइरहेको पाइएको छ ।
मापन सहि नगर्दा कोशी आसपासका स्थानियहरु त्रासित हुने गरेका छन ।
पहाडी जिल्लाहरुमा बर्षात भएका बेला कोशीमा पानीको सतह बढ्ने गर्छ । तर, पानी बढेपछि मापन गर्ने सयंन्त्र चुस्त दुरुस्त नहुँदा समस्या हुने गरेको छ ।
प्रकाशित समय १२:१६ बजे