गृहपृष्ठ बुटवल–तानसेन सडक एकतर्फी सञ्चालनमा

बुटवल–तानसेन सडक एकतर्फी सञ्चालनमा

सिद्धार्थ राजमार्गको बुटवल–तानसेन सडकखण्डको सिद्धबाबा क्षेत्रमा पहिरो हटाएपछि एकतर्फी सडक सञ्चालनमा आएको छ । गए राति सवा ११ बजे सिद्धार्थ राजमार्गको तिनाउ गाउँपालिका–३, हेडबक्सनजिकै पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो ।
पूरै पहिरो हटाउन अझै केही समय लाग्ने पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । पहिरोले सडक अवरुद्ध भएपछि स्याङ्जा, पोखरा, बागलुङ, गुल्मी, अर्घाखाँची र पाल्पाकै विभिन्न स्थानबाट बुटवल आवतजावत गर्ने सवारीसाधन बाटोमै अलपत्र परेका थिए ।

प्रकाशित समय १२:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु