गृहपृष्ठ टाइब्रेकरमा क्रोएसियाको भाग्य, आयोजक रुस बाहिरियो

टाइब्रेकरमा क्रोएसियाको भाग्य, आयोजक रुस बाहिरियो

croatia-newskarobar

घरेलु टोली रुसलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै क्रोएसिया फिफा विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

निर्धारित र थप समय २–२ को बराबरीमा टुंगिएपछि टाइब्रेकरमा क्रोएसिया ४–३ ले विजयी हुँदै अन्तिम चारमा पुगेको हो । यो सँगै रसिया विश्व कपको समिकरण पुरा भएको छ ।

निकै रोमान्चक बनेको खेलको ३१ औं मिनेटमा चेरिसेभले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । चेरिसेभको यो विश्वकपमा चौथो गोल हो । तर, घरेलु टोलीविरुद्ध १ – ० ले पछि परेको क्रोएसिया खेलमा फर्किदै बराबरी गर्न सफल भएको थियो । क्रोएसियाका क्रमारीचले ३९ औं मिनेटमा बराबरी गोल फर्काए ।

खेलको ९० मिनेट १ – १ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । उक्त अतिरिक्त समयमा पनि दुवै टोलीले एक एक गोल गरेपछि खेल २-२ गोलको बराबरीमा सकिएको थियो । खेलको १०२ औं मिनेटमा भिडाले गोल गर्दै क्रोएसियालाई २ – १ को अग्रता दिलाएका थिए । तर, खेलको ११५ औं मिनेटमा रुसका हर्नान्डेजले गोल गरेपछि खेल २ – २ को बराबरीमा सकिएको थियो ।

यो जितसंगै क्रोएसियाले अब फाइनल प्रवेशको लागि इंग्ल्यान्डसंग खेल्ने छन् ।

प्रकाशित समय ०२:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु