गृहपृष्ठ मण्डलमाथिको मुद्दा फिर्ता लिन कांग्रेसको दबाब
मण्डलमाथिको मुद्दा फिर्ता लिन कांग्रेसको दबाब
नेपाल तरुणदल रंगेली नगर उपसभापति भरत मण्डलमाथि लगाएको मुद्दा निःशर्त फिर्ता गर्न माग गर्दै नेपाली कांग्रेसनिकट विभिन्न चार संघ–संगठनले मोरङका प्रमुुख जिल्ला अधिकारी रामप्रसाद आचार्यलाई ज्ञापनपत्र बुुझाएका छन् । असार २१ गते रंगेली नगरपालिकाको कार्यालयको काममा ढिलासुुस्ती भएको भन्दै नगरपालिकाका कर्मचारी र मण्डलबीच भएको विवादपछि मण्डललाई लगाएको सार्वजनिक मुुद्दा निःशर्त फिता हुुनुुपर्ने भन्दै ज्ञापनपत्र वुुझाएको तरुणदल मोरङ अध्यक्ष प्रभाकर थापाले बताए ।
कार्यालयको काममा भएको ढिलासुस्तीको प्रतिवाद गरेकै आधारमा अपराधीसरह व्यवहार गर्नुु राजनीतिक प्रतिशोध भएको विज्ञप्तिमा उल्लेख छ । नेपाल महिला संघ मोरङ, नेपाल ट्रेड युुनियन कांग्रेस, नेपाल विद्यार्थी संघ तथा तरुणदल मोरङले संयुुक्त रुपमा प्रमुुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुुझाएका हुन् । नेविसंघका सहमहामन्त्री कृष्ण कार्कीले यस्तै क्रम दोहरिए आफूहरु आन्दोलनमा जान बाध्य हुुने चेतावनी दिए ।
प्रकाशित समय १८:१० बजे