गृहपृष्ठ नगर प्रमुख र प्रमुख कार्यकारी अधिकृत पक्राउ
नगर प्रमुख र प्रमुख कार्यकारी अधिकृत पक्राउ

रौतहटको चन्द्रनिगाहपुरस्थित हिमालयन होटलबाट गढीमाइ नगरपालिकाका प्रमुख र कार्यकारी अधिकृत सहित पाँच जना पक्राउ परेका छन् । हिमालयन होटलमा बसेर चेक बाँड्दै गर्दा नगरप्रमुख श्यामप्रसाद यादव र कार्यकारी अधिकृत नरबहादुर विकलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग र इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको टोलीले पक्राउ गरेको हो ।
थप अनुसन्धनका लागि उनीहरुलाई जिल्ला प्रशासन कार्यालय गौर पठाएको प्रहरी नायब उपरिक्षक (डिएसपी) शान्तिराज कोइरालाले जानकारी दिए । कार्यालयको चेक र छाप कार्यालय बाहिर गएर दुरुपयोग गरेको पाइएकाले उनीहरुलाई पक्राउ गरिएको बताइएको छ ।
प्रकाशित समय १७:४५ बजे