गृहपृष्ठ दर्शकको मन जित्दै ‘माई बेस्ट फ्रेन्ड’

दर्शकको मन जित्दै ‘माई बेस्ट फ्रेन्ड’

intertenment-newskarobar

साकेवा मुभिजको ब्यानरमा ज्योतीराज राई प्रस्तुतकर्ता र रमु श्रेष्ठ राई निर्माता रहेको वेब सिरिज ‘माई बेस्ट फ्रेन्ड’ले युट्युबमा दर्शकको मन जित्दै गएको छ । प्रदेश १ को झापा जिल्लाका कलाकारको प्रत्यक्ष संलग्नता रहेको यो सिरिज झापा जिल्लामै स्टर्न मिडियाले निर्माण गरिरहेको छ ।

मोफसलमा रहेका स्थानीय प्रतिभालाई अघि बढाउन यो सिरिजको निर्माण गरिएको प्रस्तुतकर्ता राईले बताए । इन्टरनेटको पहुँच गाउँ–गाउँसम्म पुगेपछि युट्युबको बजार बढेको छ, अहिले कतिले पैसा कमाउनका लागि युट्युबमा कार्यक्रम बनाएर अपलोड गर्ने गरेका छन् ।

कतिले लुकेर रहेका प्रतिभालाई आमदर्शकमाझ ल्याउनका लागि कार्यक्रम बनाउने गर्छन् । तर, साकेवा मुभिजले भने नितान्त मोफसलमा रहेका प्रतिभालाई देश–विदेशमा रहने दर्शकमाझ चिनाउनका लागि यो सिरिज निर्माण गरेको दाबी गरेको छ ।

प्रकाशित समय १८:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु