गृहपृष्ठ सोल्टिमोडमा ट्रिप्परले फेरि लियो ज्यान
सोल्टिमोडमा ट्रिप्परले फेरि लियो ज्यान

काठमाडौंमा ट्रिप्परले फेरि अर्को एकजनाको ज्यान लिएको छ । सोल्टिमोडमा ट्रिप्परको ठक्करबाट मोटरसाइकलमा सवार १८ वर्षीया अनुजा घिमिरेको मृत्यु भएको हो । ना. ७ ख ९४७५ नम्बरको ट्रिप्परले बा. ९६ प ४९११ नम्बरको मोटरसाइकलाई ठक्कर दिँदा मोटरसाइकल पछाडि सवार अनुजाको मृत्यु भएको हो । मोटरसाइकल चालक अनुजाका दाजु अनुज भने सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।
ट्रिप्परको ठक्करबाट घाइते भएकी अनुजाको बल्खुस्थित बयोधा हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको हो । ट्रिप्पर आतंक बढ्दै गएपछि सरकारले साउन १ गतेबाट राति ८ बजेदेखि बिहान ५ बजेसम्ममात्र ट्रिप्पर चलाउन दिने निर्णय गरेको छ ।
प्रकाशित समय १५:५८ बजे